काठमाडौं, ८ असोज । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका रघु भण्डारी र नरेशचन्द्र भट्टलाई आइतबार उपरथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले उहाँहरुलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
उपरथी भण्डारीले सम्भाररथीे कार्यालय र उपरथी भट्टले व्यवस्था नीति तथा योजना महानिर्देशनालयको जिम्मेवारी पाउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्