ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले राम मनोहरको हत्या गरेको गठबन्धनको आरोप


bhawani desk

काठमाडौं, ८ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ । राम मनोहरको मृत्यु कारण रोग नभई जानी जानी मारेको गठबन्धनको ठहर छ ।

गठबन्धनले सोमबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएको हो । प्रहरीले यसअघि पनि राम मनोहर लगायतका नेता कार्यकर्ताहरुलाई ज्यान मार्ने लगायतका धम्की दिँदै आएको गठबन्धनले खुलासा गरेको छ ।

पत्रकार सम्मेलनमा गठबन्धनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि, २०७२ साल चैत्र ६ गते नेपालगन्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो ।

सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएको थियो । २०७३ साल मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगन्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो ।

त्यसैगरी, २०७४ साल आषाढ २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’ को प्रचार प्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ १९ गते यादवलाई रिहा गरिएको थियो ।’

सुरक्षा निकायबाट नै ज्यान मार्ने धम्की आउन थालेपछि राष्ट्रिय मानव अधिकार आयोग लगायतका मानवअधिकारवादी संघसंस्थाहरुलाई ज्यान रक्षाका लागि ज्ञापनपत्रसमेत बुझाएको गठबन्धनले जनाएको छ ।

यादवका तीन जना नाबालिग छोराछोरी छन् । प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाहरुको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने, बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग गठबन्धनले नेपाल सरकारसमक्ष राखेको छ ।

पत्रकार सम्मेलनमा गठबन्धनका नेता जासर यादवले राम मनोहरको न्यायका लागि गठबन्धनले अब चरण्बद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले राम मनोहरको शवलाई आफूहरुलाई कुनै जानकारी नै नदिई भित्रभित्रै पोष्टमार्टम गरेको र अहिलेसम्म पोष्टमार्टमको रिपोर्ट पनि बाहिर नल्याएको बताएका छन् ।

‘प्रहरीले पोष्टमार्टमको रिपोर्ट सार्वजनिक नगर्नु र पोष्टमार्टमको प्रक्रियामा सम्बन्धित व्यक्तिलाई समेत जानकारी नगराउनुले राम मनोहरको हत्या नै भएको हाम्रो ठहर छ’, नेता यादवले दाबी गरेका छन् ।

साथै, नेता यादवले राम मनोहरको गृहजिल्ला बाँकेको नेपालगन्जमा मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...