ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार पनि चुनावी मैदानमा


admin

गौशाला, २२ भदौ । स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि हजाराँैको संख्यामा मतदाताले उम्मेदवारी दर्ता गराउनुभएकाले सो कार्य अबेर रातिसम्म भएको बताउनुभयो ।

उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको बताउनुभयो । बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहेपनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएकोमा राति ११ बजेसम्म उम्मेदवारी दर्ताको काम चलेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

उहाँले उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले आज बिहान मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिनुभयो । महोत्तरीमा बुधबार निक्कै उल्लासपूर्ण वातावरणमा हजाराँै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।


दुई पत्रकार चुनावमा÷ पूर्व अध्यक्ष प्रमुखमा उम्मेदवार

यसैगरी, असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहिसक्नुभएका तथा वर्तमान अवस्थामा पनि महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्समेत रहनुभएका उहाँले आफ्नो स्थायी ठेगाना महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट बुधबार स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष, वर्तमान पार्षद् तथा महोत्तरी जिल्लाबाट नेपाल टेलिभिजनका संवाददाता रहनुभएका पत्रकार मण्डललाई राष्ट्रिय जनता पार्टी नेपालले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएपछि उहाँले मटिहानी नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् एवं लोकपुकार साप्ताहिकका संवाददाता पत्रकार वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पत्रकार वैद्यनाथ चौधरी जिल्लाको पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । पत्रकार चौधरीलाई वडाध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक फोरमले टिकट दिएपछि उहाँले पिपरा गाउँपालिकामा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com