कैलाली,७ असोज । भजनी नगरपालिका वडा नं.३ बर्दघाटबाट सशस्त्र प्रहरीले अवैध लाखौ भारु सहित आज एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले भजनी नगरपालिका ३ नेपाल–भारत सीमा नजिकै रहेको बर्दघाटबाट आलुको बोरामा किराना समाना सहित लुकाई छिपाई ल्याउदै गरेको ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैया सहित लम्की चुहा नगरपालिका १ का ३१ वर्षिय कृष्णराज जोशीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी भजनीका प्रहरी निरिक्षक धनबहादुर सिंहको टोलीले पक्राउ गरेको हो ।
जोशीलाई से ४ प ६७६० नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिहले बताएका छन ।
भारतको गुजरातबाट ५ जनाको समुहले श्रीपञ्च नाम गरेको व्यक्तिको घरमा असोज ३ गते चोरी भएको प्राप्त सुचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
अवैध पैसालाई आन्तरिक राजश्व कार्यालय कैलालीमा पठाइने र पक्राउ व्यक्तिलाई चोरी मुद्या चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्