काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दशकमा विकासका लागि एकता प्रदर्शन गर्ने बताएका छन । आइतबार भरतपुर महानगरपालिकाको फलफूल तथा तरकारी बजारको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन ।
विकासका लागि सकारात्मक सहकार्यबाट परिवर्तनका लागि अन्य दललाई उनको आग्रह छ । संविधानले देश छिटो विकास गर्ने परिकल्पना गरेको समेत उनको भनाइ छ ।
उनले भने, ‘हामीसँग आफैँले मिलाएर बनाएको संविधान, आफैँले मिलेर गरेको निर्वाचनबाट बनेको सरकार छ । यसैबाट विकासमा संकल्प गर्ने समय यो दशक हो ।
प्रचण्डले किसानमुखी बजार विना उत्पादन नबढ्ने भएकाले यसमा लाग्न जोड दिएका छन । बजारको समुचित विकास नगरेसम्म उत्पादन वृद्धि हुन नसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्