ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानमा समस्या आउदा शरीरिका कुन–कुन भागमा असर गर्छ थाहापाउनुहोस ( भिडियोसहित )


एबीसी न्यूज

काठमाडौं , ७ असोज । कानले आवाज सुन्ने मात्र काम नगरि यसले हाम्रो शरीरलाई सन्तुलनमा राख्ने पनि काम गर्छ । कानको मुख्य तीनवटा भाग हुन्छन् । बाहिरी भागले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । मध्य भागले बाहिरबाट उत्पन्न भएको ध्वनिलाई तरंगमा ल्याई आवश्यकता अनुसार शरीरभित्र प्रवेश गराउने काम गर्छ । भित्रि भागले तरंगबाट निस्केको ‘मेकानिकल इनर्जी’लाई ‘विद्युतीय इनर्जी’मा परिवर्तन गरी मस्तिष्कसम्म पु¥याउने काम गर्छ र मानिसले सुन्न सक्छन् । श्रवणशक्तिमा ह्रास आउनु, कान पाक्नु, बहिरोपन हुनु, कानमा आउने समस्याहरु हुन् ।

यदि कानमा संक्रमण भएमा कान पाक्ने, दुख्ने, कानमा पिप जम्मा हुने लगाएतका लक्षण देखा पर्छन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानको भित्रि भागमा हुने कक्लिया र भेस्टिबुलमा समस्या आएमा वा भित्रि भागमा संक्रमण भएमा चक्कर आउने, वाकवाक लाग्ने र बान्ता हुने गर्दछ । कानभित्र ट्युमर भएमा पनि नशाको माध्यमबाट मस्तिष्कमा असर पुगेर चक्कर आउने समस्या देखा पर्छ । सहरीकरण, औद्योगीकरण र सवारी साधनबाट निस्केको ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास ल्याउन सक्छ ।

६० डेसिबलभन्दा बढी हुने ध्वनि हानिकारक मानिन्छ । ८० डेसिबलभन्दा बढी ध्वनिले बहिरोपन ल्याउन सक्छ । विश्वका एक अर्बभन्दा बढी इलेक्ट्रोनिक डिभाइसका प्रयोगकर्ताहरु बहिरोपनको जोखिममा रहेको अनुमान विश्व स्वास्थ संगठनको छ । नेपालमा १६ प्रतिशत मानिस कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित भएको अनुमान गरिन्छ । ध्वनी प्रदुषणबाट जोगिनु ने यसको पहिलो समाधानको उपाय हो । कोही विभिन्न कारणले कान कम सुन्ने हुन्छन् जसको उपचारबाट सुन्न शक्ति पुन प्राप्त गराउन सकिन्छ । सुन्नै नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन नयाँ नयाँ प्रविधिहरु एकपछी अर्को आविस्कार भइरहेको छ । विभिन्न आधुनिक प्रविधिहरु मध्ये सुन्न नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउने संसारमा अत्याधिक प्रयोगमा आएको यन्त्र हो कक्लियर इम्प्लान्ट । कक्लियर इम्प्लान्ट मानव कानले जस्तै सुनाइको काम गर्ने एक आधुनिक यन्त्र हो ।

यो प्रविधि अब नेपालमा पनि भित्रसिकेको छ । नेपालमा यसको प्रयोगबाट धेरैले लाभ लिसकेका छन् । कान दुखाइका कारणहरु धेरै हुन सक्छन् , कानेगुजी धेरै भएमा, कानमा ढुसी जम्मा हुदा कान चिलाउने र दुख्ने हुन्छ । कान सम्बन्धी रोगहरुबाट बच्न वैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाह गर्ने, कानमा तेल नहाल्ने, कानमा समस्या आएमा ढिला नगरि चिकित्सकको परामर्श लिएमा कानमा आउने समस्याबाट बच्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com