ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्


एबीसी न्यूज
भाद्र २९, २०८२ आईतबार   २ : २२   बजे

काठमाडौं २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो पदभार ग्रहण क्रममा देशका नाममा सम्बोधन पनि गरेकी छन्।

  • हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई ठूलो क्षति पुगेको छ। भौतिक भवनको क्षतिले केही हुँदैन बनाउन पनि सकिन्छ। तर ती रेकर्डहरू, विवरणहरू सम्पूर्ण नष्ट भएर शून्यको अवस्थामा पुगेका छौं।
  • सुरक्षाकर्मीहरूको पनि देहावसान भयो। सम्पूर्ण प्रहरी कार्यालयका सवारी साधनहरू अर्को खरिद गर्नुपर्ने अवस्था छ।
  • आगजनीका कुरा गर्दा, मुलुकको अत्यन्त आवश्यक संस्थाहरू छानी छानी प्रहार भएको छ। प्रहरीका चौकी, थाना जले। अदालतका फाइलहरू, सिंहदरबारका फाइलहरू नष्ट भए।
  • यो देखेर लाज पनि लागेको छ। नेपाली भएर यो काम गरेको हो भने नेपाली कसरी भन्ने?
  • नियोजित रूपमा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ। अनुसन्धान हुन बाँकी छ।
  • प्रहार र नोक्सान गर्नेहरूको खोजतलास र कारबाही हुन्छ।
  • म रहरले प्रधानमन्त्री हुन आएको होइन। सबैबाट आवाज उठ्यो र म विवश भएँ। रसस्वादन गर्न आएको होइन। उमेर पनि होइन।
  • कुनै हालतमा ६ महिनाभन्दा बढी बस्दैनौं। आफ्नो जिम्मेवारी पूरा गरेर ६ महिनापछि नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट गरेका छौं। मलाई सहयोग गर्नुस्।
  • कामचलाउ भए पनि प्रहरी कार्यालय बनाऔं।
  • हाम्रो लागि अपराधीहरूले गरेको कृत्य हामीमाथिको चुनौती हो। मुलुकविरूद्ध गरेको चुनौती हो। सबै मिलेर एकताको भावना राखौं।
  • मुलुकमा जुन ‘मुभमेन्ट’ भयो, अन्त कहीँ भएको छैन। २७ घन्टाको आन्दोलनमा कायापलट भयो।
  • यो समयले मागेको भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समानता हो।
  • क्षतिहरूको पनि मूल्यांकन गरेर आगामी कार्ययोजना बनाउनुपर्छ।
  • २३ गते मृत्युवरण गरेकाहरूको परिवार भेटेँ। फर्केर मुख्यसचिवसँग रातिसम्म छलफल गर्‍यौं। उहाँहरूलाई सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेँ। सिस्टमले १० लाख रूपैयाँको दिने सीमा राखेको छ। त्यो १० लाख दिने निर्णय गर्‍यौं।
  • घाइतेहरूलाई पनि उपचार र राहत लागू गरेका छौं। अरू विषयमा मुख्य सचिवहरूले विचार गर्नुहुन्छ। मृतकका परिवारहरू काठमाडौंमै हुनुहुन्छ। उहाँहरू बसेको, खाएको खर्च हेरिदिने, शवलाई उनीहरूको स्थानीय ठेगानामा पुर्‍याइदिने व्यवस्था गरिनेछ। अपांगता भए पछिसम्म उपचार गर्ने व्यवस्था हुन्छ।
  • निजी क्षेत्रबाट पनि केही गर्न सकिन्छ भनेर साथीहरूले प्रयत्न गरिरहेका छन्। सबै पक्ष मिलेर नेपाल बनाउनुपर्छ।
  • सरकार अहिले विषम आर्थिक परिस्थितिमा छ। जनता पनि विषम परिस्थितिमा छन्। के गर्न सक्छौं, विचार गरेर निर्माणमा लाग्नेछौं।
  • २४ गते आतंकजस्तो मच्चाइयो। व्यक्तिको सम्पत्तिको, उद्योग, व्यापार नष्ट गर्ने काम भएको छ।
  • कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्। उनीहरूलाई कसरी उठाउने भन्ने हामी सोच्छौं। बैंकको सफ्ट लोनहरू दिएर हुन्छ कि, कसरी हुन्छ गर्नेछौं।
  • सटर खोलेकाहरू पनि लुटिएका छन्। उठ्ने कोशिस गर्छौं भन्नुभएको छ।
  • आन्तरिक बल देखाउनुभएकोमा धन्यवाद। राज्यको तर्फबाट कुन किसिमबाट सहयोग गर्ने हो विचार गर्नेछौं।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group