ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राफेल विमानको खरिद रोकिँदैन: भारतीय अर्थमन्त्री जेट्ली


bhawani desk
आश्विन ७, २०७५ आईतबार   १२ : ३८   बजे

एजेन्सी, ७ असोज । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गर्नुभएको छ । उहाँले राफेल विमानको मूल्य बढी वा कम भएको भन्ने बारेमा भारतीय महालेखा परीक्षकले जाँच गर्न सक्ने बताउनुभयो ।

उहाँले विपक्षीहरुले लगाएको आरोपमाथि सत्यता नभएकाले खरिद सम्झौता रद्द नहुने बताउनुभयो ।

फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्कोइस ओलान्डेले राफेल लडाकू विमान खरिद सम्झौता गर्दा भारतीय रिलायन्स डिफेन्स कम्पनीलाई साझेदार बनाएको जानकारी सार्वजनिक गरेपछि राफेल विमान खरिदका सन्दर्भमा ठूलो भ्रष्टाचार भएको विपक्षी दलहरुले आरोप लगाएका छन् ।

साथै राफेल विमान खरिदका लागि भारतीय कम्पनी छनौट गर्दा हिन्दूस्तान एरोनटिक्सलाई नदिएर रक्षासम्बन्धी अनुभव नै नभएका अनिल अम्बानीको रिलायन्स डिफेन्सलाई रातारात नयाँ कम्पनी खोल्न लगाएर भ्रष्टाचार र अनियमितता गरेको आरोप प्रमुख विपक्षी भारतीय कङ्ग्रेस पार्टीले लगाएको छ ।

एएनआईसँगको विशेष अन्तर्वार्तामा अर्थमन्त्री जेट्लीले भन्नुभयो, “राफेल सम्झौता सफा छ र यसलाई खारेज गर्ने कुनै सवाल नै छैन ।” उहाँले अहिले खरिद सम्झौता गरिएको राफेलको मूल्य कङ्ग्रेसको नेतृत्वको युपीए सरकारले गरेको सम्झौताभन्दा सस्तो रहेको पनि दाबी गर्नुभयो ।

अर्थमन्त्री जेट्लीले विमान खरिद सम्झौतासम्बन्धी सम्पूर्ण तथ्य र प्रमाणहरु महालेखा परीक्षकलाई उपलब्ध गराइने जानकारी दिनुभयो ।

“सुरक्षाका कारण मूल्यलाई विस्तृत रुपमा सार्वजनिक गरिने छैन । मूल्यमा परिवर्तन अवश्य आउँछ, तर महालेखाले ९ देखि २० प्रतिशत सस्तो रहे नरहेको जाँच गर्नेछ । कङ्ग्रेसले पत्राचार गरेको छ । सत्य त अवश्य सार्वजनिक हुने नै छ,” अर्थमन्त्री जेट्लीले बताउनुभयो । “सबै आङ्कडा महालेखाको सामुन्ने छ । कङ्ग्रेसले पनि महालेखालाई सोधिरहेको छ ।”

मुलुकको सुरक्षा र प्रतिरक्षाका लागि राफेल विमान आवश्यक भइसकेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले राफेलका कारण भारतीय वायूसेनाको लडाकू क्षमतामा पर्याप्त सुधार आउने विश्वास व्यक्त गर्नुभयो । यो सरकार–सरकारबीच भएको सम्झौता हो ।

उहाँले आरोप मात्र लगाएर यो सरकारमाथि भ्रष्टाचार र अनियमितता प्रमाणित गर्न नसकिने बताउनुभयो ।
भारतले फ्रान्सबाट ३६ वटा अत्याधुनिक राफेल लडाकू विमान गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ग्रिन कार्ड नीतिमा ट्रम्प प्रशासनको नरम रूप: ठूला व्यवसायीको लबिङले काम गर्‍यो

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

दक्षिण कोरियाको स्थानीय निर्वाचनमा सत्तारुढ दलको शानदार जित

अमेरिका र इरानबीच गाडिएका आणविक सामग्री उत्खनन गरी नष्ट गर्ने सहमतिः राष्ट्रपति ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group