स्याङ्जा, ७ असोज । स्याङ्जामा डिउटीमा रहेका एकजना प्रहरीले आफ्नै च्यापुमा गोली हानेर आत्महत्या गरेका छन ।
प्रहरीका अनुसार कारागार सुरक्षा गार्ड स्याङ्जामा कार्यरत जवान जितेन्द्र थापा मगरले आफ्नै राईफलले आफैलाई गोली हानेका हुन् ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरीले कारागारको मूल गेटमा डिउटी गरिरहेका बेलामा आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका प्रहरीले बताएको छ ।
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल लगिएकोमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्