ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो पार्न उपराष्ट्रपतिको आग्रह


bhawani desk
आश्विन ६, २०७५ शनिबार  ४ : ०४ बजे

 काठमाडौं,६ असोज । चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गर्नुभयो ।

यिपिन पोखरासँग यही असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसङ्ख्या भएको यिपिनलाई ‘रक्सी र बाँसको शहर’ भनेर चिनिन्छ ।

उपराष्ट्रपतिले आज बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनीयरिङको भ्रमण गर्नुभयो । भ्रमणको क्रममा उहाँलाई विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले स्वागत गरेका थिए ।

नेपाली विद्यार्थीसँग संक्षिप्त अन्तरक्रिया गर्नुहुँदै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो राख्न आग्रह गर्नुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उहाँले यिपिन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सचिवले सिचुवान युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी उत्कृष्ट रहेको बताउँदै थप प्रगतिका लागि शुभकामना दिनुभयो ।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरूले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए । विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी एशोसिएसनका अध्यक्ष सुरजले आफूहरुले राम्रो गरिरहेको बताउनुभयो ।

उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाइल र लिगो मोबाइल उत्पादन उद्योगको अवलोकन भ्रमण गर्नुभयो । उहाँले चीनको सबैभन्दा लामो नदी याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गर्नुभयो ।

उपराष्ट्रपतिले आज नै आधुनिक चीनका भवन निर्माण डिजाइनका बुवा मानिने लियाङ सिछङको निवासको अवलोकन भ्रमण गर्नुभयो । लियाङ चीन जापान युद्धको बेला बेइजिङबाट याङसी नदीको किनारमा रहेको लिच्वाङमा आएर बसेका थिए । उहाँले त्यहीँ बसेर आधुनिक चीनको भवनको डिजाइन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com