काठमाडौं,६असोज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबाट जनताले ठूलो अपेक्षा राखे पनि आफूहरुको गतिविधि आत्मकेन्द्रित भएको बताएका छन्।
सहाना प्रधानको चौथो स्मृति सभामा धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकतालाई एउटा महान सफाइ अभियानको रुपमा सुदृढ गरेर लैजानु जरुरी रहेको बताए।
उनले सरकारलाई पनि जनअपेक्षाअनुसार प्रभावकारी बनाएर लैजाने चुनौती आफूहरुको सामु भएको बताएका छन ।
उनले एकता सफल भएमा संसारलाई नै बलियो सन्देश दिन सकिने बताए। त्यो नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलन र श्रमजीवी जनताको आन्दोलनमा पनि नयाँ कोशेढुंगा सावित हुनसक्ने अपार सम्भावना हाम्रो अगाडि रहेको उनले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्