काठमाडौं,५ असोज । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले रिले अनशन सुरु गर्ने भएका छन । उनीहरुले न्यायको माग गर्दै आजदेखि भद्रकालीमा रिले अनशन शुरु गर्ने भएका हुन।
शुक्रबार ११ बजे बसन्तरपुर क्षेत्रबाट नाराजुलुस गर्दै शान्तिवाटीका हुँदै भद्रकालीमा कोण सभा गरेर अनशन शुरु गर्ने विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका नेता शंकर ढकालले जानकारी दिएका छन ।
आन्दोलन समितिले असोज २ गते देखि चरणबद्ध आन्दोलन गर्दै आएका छन । त्यसै गरी समितिले विहिवार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्