काठमाडौं,५ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले राज्यमा व्याप्त भ्रष्टाचारलाई आफूले निर्मम रूपमा प्रहार गर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग शपथ लिएपछि विहीबारै अख्तियार कार्यालय पुगी पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।
यो पद आफ्ना लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै घिमिरेले उक्त चुनौती सामना गर्ने अठोट र साहस आफूमा रहेको धारणा राखेका छन ।
‘राज्यको सामाजिक पद्धतिको उपपद्धतिका रूपमा स्थापित भ्रष्टाचारलाई निर्मम प्रहार गर्न सक्ने क्षमता र अठोट आफुमा रहेको उनले बताउका छन ।
संसदीय सुनुवाइ समितिले सुनुवाइपछि बिहीबार अपराह्न घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । घिमिरे दुई वर्ष प्रमुख आयुक्त हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्