काठमाडौं,४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
विहीबारबाट काठमाडौंमा सुरु सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा विषयक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे प्रधानमन्त्र ओलीले झण्डै दुई तिहाइ जनसङ्ख्या कृषि पेशामा आबद्ध भए पनि नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको हो ।
उहाले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमा मार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोन परियोजना लागू भएको जानकारी पनि दिनुभयो । उहाले आगामी पाँच वर्षमा हाल भइरहेको उत्पादनलाई दोब्बर वृद्धि गर्नुपर्ने हुँदा सम्मेलनबाट प्राप्त रचनात्मक सुझावलाई सङ्कलन गरी कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र नेपाल, कृषि प्रसार समितिको संयुक्त आयोजनामा शुरु भएको सम्मेलन असोज ७ गतेसम्म चल्नेछ ।
दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिका विभिन्न क्षेत्रमा आबद्ध ३ सय कृषिविज्ञ सहभागी सम्मेलनमा ८५ कार्यपत्र पेश हुनेछन् । सम्मेलनले काठमाडौ घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्