इलाम, असार १६ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्ष र एक खुल्ला सदस्यमा माओवादी केन्द्र विजयी भएको छ ।
महिला, दलित महिला र एक खुल्ला सदस्यमा नेकपा एमाले विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका नन्दकुमार राई थुलुङले ३८० मत ल्याएर विजयी हुनुभयो । वडाध्यक्षमा एमालेले २७२ र काङ्ग्रेसले २०८ मत प्राप्त गरेको थियो । खुल्ला सदस्यमा माओवादीकै रहरकुमार थुलुङले ३२२ मत ल्याएर बिजयी हुनुभयो । सो पदमा एमालेले ३२० र काङ्ग्रेसले ३०५ मत प्राप्त गर्याे।
अर्को खुल्ला सदस्यमा एमालेका चेतबहादुर राईले ३६७ मत ल्याएर विजयी हुनुभयो । सो पदमा काङ्ग्रेसले २९५ र माओवादी केन्द्रले २८८ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा एमालेकै सिदार्थ राई सोङ्मी सुब्बाले ३३३ मतसहित विजय हासिल गर्नुभयो भने सो पदमा माओवादी केन्द्रले २८४ र काङ्ग्रेसले २४८ मत प्राप्त गरे । दलित महिला सदस्यमा एमालेकै दिलमाया कमिनीले ३६१ मत ल्याएर विजयी हुनभयो ।
प्रतिक्रिया दिनुहोस्