काठमाडौं, २३ भाद्र । अल्टिच्युड एअरको हेलिकप्टर गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटना भएको आशंका गरिएको छ । गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले घटनाको पुष्टि गरेका छन् । हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका थिए । हेलिकप्टर बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । अन्य जानकारीका लागि प्रयास भईरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्