ल्हासा, २३ भदौ । चौंथो चाइना तिब्बत टुरिजम एण्ड कल्चर एक्स्पोको तिब्बतको ल्हासामा भब्य उद्घाटन भएको छ । नेपालको संघीय संसदअन्तरगत प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको विशेष उपस्थिति र चिनिया जनकंग्रेसका डेपुटी चियरमेन उ वेइहुवा (Wu Weihua) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा तिब्बत सरकारका प्रमुख छि टालाले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले नेपाल र तिब्बतबीच हजारौं वर्षदेखि एतिहासिक, सांस्कृतिक, धार्मिक एवं जनस्तरको सम्बन्ध रहेको स्मरण गर्नुभयो ।
सभामुख महराले चीनसँग अहिले नेपालको उच्चस्तरको सम्बन्ध विकसित भएको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध भएको दोहोर्याउनुभयो । महराले बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत नेपाल र तिब्बतबीच अझ बढि व्यापारिक सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तिब्बती पर्यटकलाई नेपाल भ्रमण गर्न पनि आग्रह गर्नुभयो । त्यसवसरमा आधुनिक प्रविधिको प्रयोगमार्फत कलाकारहरूले साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्