ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा का अध्यक्ष प्रचण्डको भारतमा पहिलो भेट अजित डोभलसँग


एबीसी न्यूज
भाद्र २१, २०७५ बिहीबार  ६ : ५९ बजे


काठमाडौं, २१ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणमा आज भारत पुगेका छन् । अध्यक्ष दाहाल दिल्लीमा ओर्लिने वित्तिकै उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अअिजत डोभलले डिनरसहित स्वागत गरेका छन् ।

भारतको इन्टिलिजेन्स ब्युरोको प्रमुखबाट अवकास प्राप्त गरेपछि सन् २०१४ बाट उनी सल्लाहकारमा नियुक्त भएका थिए । इन्टिलिजेन्सको क्षेत्रमा राम्रो काम गरेका उनले अहिले पनि भारतीय ‘रअ’ लाई नियन्त्रणमा राखेका छन् । उनले त्यस क्षेत्रमा गरेका कामको चर्चा अहिले पनि हुने गरेको छ ।

शुक्रबार साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग उनको छलफल हुनेछ भने ३ बजे एउटा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने प्रचण्डका नीजि सचिवालयले जनाएको छ । साँढे ६ बजे उनी व्यापारीहरुले पिएचडी हाउसमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
भदौ २३ गते मात्र प्रधानमन्त्री मोदीसँग साढे १२ बजे भेटघाट हुने कार्यक्रम हरेको छ । त्यसको केही घण्टापछि भारतीय विदेशमन्त्री सुष्ममा स्वराजसँग लन्च बैठक हुने बताइएको छ । त्यसपछि बेलुकाको खानासँगै इण्डिया फाउण्डेशनसँग छलफल गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड ताज महल होटलमा बसेका छन् ।

इण्डिया फाउण्डेशन भारत सरकारका लागि थिंक ट्यांकको रुपमा काम गरिरहेको संस्था हो । उक्त संस्थाले सुरक्षा, राजनीतिक एवम् सूचना प्रविधिमा अध्ययन गरी सरकारलाई सल्लाह दिने गरेको छ । यसमा अधिकाँश सदस्य भारतीय जनता पार्टीका रहेका छन् । फाउण्डेशनका निर्देशक एवम् भाजपाका महासचिव राममाधवले नेपाल आएर प्रचण्डलाई औपचारिक निमन्त्रणा दिएका थिए । प्रचण्ड २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेनको क्याबिनेटबाट अमरेश आउट

बालेन शाह प्रधानमन्त्री नियुक्त

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

चैत्र शुक्ल नवमी: विधिपूर्वक मनाइँदै रामनवमी पर्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com