काठमाडौं,२१ भाद्र । सरकारले वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी गरेको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अहिलेको चुनौतिलाई सामना गर्न वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी भईरहेको जानकारी दिनु भएको हो ।
बिहिबार ललितपुरमा आयोजित खानेपानी सरसफाईसम्बन्धि कार्यक्रममा बोल्दै उहाँले खानेपानीको उचित व्यवस्थापनका लागि एकीकृत कानुन निर्माण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
मन्त्री बस्नेतले स्वच्छ वातावरण र शुद्ध खानेपानी उपयोग गर्ने नागरिकको संवैधानिक अधिकारलाई प्रत्याभूति दिलाउन सरकारले विद्यमान ऐन, कानुनमा संशोधन गर्दै लैजाने योजना पनि अघि सार्नु भयो ।
मन्त्री बस्नेतले खानेपानीको उचित व्यवस्था गर्न स्थानीय तहको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्