पाँचथरको फिदिम नगरपालिका वडा नं १४ मा नेकपा एमालेले झिनो मत अन्तरले विजय हासिल गरेको छ । एमालेका उम्मेदवार भीम फागोले प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेन्द्र राईलाई ३ मतको अन्तरले पराजित गरेको हो । कुल खसेको १२१२ मतमा फागोले ४१४ र राइले ४११ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्