काठमाडौं,२१ भाद्र । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले वैदेशिक लगानीको मुनाफाको ग्यारेन्टी सरकारले लिने घोषणा गर्नु भएको छ ।
मन्त्री यादवले सरकारले वैदेशिक लगानी भित्रयाउन लगानीकर्ताहरुको लगानीको उचित सुरक्षा गर्न सक्दो प्रयास गरिरहेको दावी पनि गर्नु भयो ।
विहिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेको वैदेशिक लगानीसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वैदेशिक लगानी भित्र्याउने विषयमा सरकारलाई आवश्यक सुझाव दिन निजी क्षेत्रका उद्योगी, व्यवसायी, बुद्धिजीवि र संचारकर्मीहरुलाई पनि आग्रह गर्नु भयो । लगानी गर्नेलाई नाफा हुन्छ भन्ने विश्वास सरकारले दिलाउने मन्त्री यादवको भनाई छ ।
मन्त्री यादवले मुलुकमा वैदेशिक लगानी भित्रयाउन प्रयास गरिरहँदा पनि सरकारको आलोचना संचारमाध्यामबाटै हुने गरेको गुनासो पनि गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्