काठमाडौं, १४ भाद्र । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन् ।
आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।
उनी भोलि शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलनको समापन मध्यान्ह १ः४५ बजे हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ । विद्यार्थी आन्दोलन, पत्रकार पक्राउजस्ता विषयका कारण उनको भ्रमण छोट्टिएको द डेलीस्टार डटनेटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्