काठमाडौं,१४ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटमा पारस्परिक भ्रमण पछिको उपलब्धिबारे मूल्याङकन हुने भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)मा भाग लिन मोदी आजै नेपाल आएका छन् । दुवै प्रधानमन्त्रीहरु बीचको औपचारिक भेट भोली हुने भएको छ।
शुक्रबार हुने दुवै देशका प्रधानमन्त्रीहरुको भेटमा भ्रमण पछि भएका उपलब्धिहरुका बारेमा छलफल गर्न तयार भएको प्रधानमन्त्री कार्यालयले बताएको छ । गत बैशाखमा भएको मोदीको नेपाल भ्रमणमा असोज २ गते भित्र नेपाल–भारतबीच भएका सबै पूर्व सहमतिहरु कार्यान्वयन गर्ने सहमति भएको थियो।
यसैगरी भेटवार्ताका क्रममा रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणका विषयमा सहमति हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । भोलि नै भारतीय दूतावासले पाशुपती क्षेत्रमा निमार्ण गरेको धर्मशाला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्