काठमाडौं,१३ भाद्र । बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन विमानस्थलमा अपरान्ह आइपुगेका सिरिसेनालाई उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन ।
राष्ट्रपति सिरिसेना बिमस्टेक सम्मेलन पछि भदौ १७ गते लुम्बिनी जाने कार्यक्रम छ। श्रीलङ्का बुद्ध धर्मावलम्बी बाहुल्य देश हो।
सिरिसेना होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ । सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ ।
प्रतिक्रिया दिनुहोस्