काठमाडौं १३ भाद्र । प्राध्यापक डाक्टर गोविन्द केसीले सांसदको प्रश्नको जवाफ नदिने बताएपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठक बुधबारसम्मका लागी स्थगीत भएको छ ।
बुधबार सिंहदबारमा बसको समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्नका लागी डाक्टर गोविन्द केसीलाई बोलाइएको थियो । डाक्टर केसीले लिखित रुपमा आफ्ना कुरा राख्दै सरकारले आफुसंग गरेको सम्झौता पटक पटक उलंघन गरेकै कारण आफु पनि पटक पटक अनसन बस्नुपरेको बताउनुभएको थियो ।
त्यस्तै नागरिकको गुणस्तरिय स्वास्थ्य सेवा पाउने अधिकार कार्यान्वयनका लागी राज्यले धेरै पटक प्रतिवद्धता जनाएपनि पुरा नभएको उहाले बताउनुभयो । आफ्ना लिखित भनाई राखेपछि सांसदले प्रश्न गर्दा डाक्टर केसीले यसअघि नै सरकारसंग सम्झौता भइसकेकाले आफु छलफलमा नबस्ने बताउनुभएको थियो ।
छलफलमा नबसेर आफुले संसदको अपमान गर्न नखोजेको भन्दै उहाले व्यक्तिगत रुपमा भने छलफलमा बस्ने बताउनुभयो ।
डाक्टर केसीले सांसदसंग थप छलफल नगर्ने भनेपनि यस बिषयमा बुधबार थप छलफल गर्ने गरि बैठक स्थगीत गरिएको समितिका जेष्ठ सदस्य मानवहादर बिकले जानकारी दिनुभयो ।
संसदले हाल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ अध्ययन तथा छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको छ । यसअघि समितिले मंगलबार माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्