काठमाडौं ,११ भाद्र । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता ले मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गर्नु भएको छ ।
नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा संचालित सबै मेडिकल कलेजहरुको छानवीन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले निजी क्षेत्रबाट संचालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पार्नु भयो ।
नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिवद्ध रहेको दावी पनि गर्नु भयो । वर्षौ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्