काठमाडौँ, ११ भाद्र । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
थुनामा राखी थप अनुसन्धानका लागि आदेश लिन प्रहरीले उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो ।
तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोल गरेका थिए । रोशनी निर्मलाकी साथी हुन् ।
जिल्लामा नयाँ प्रहरी नेतृत्व गएपछि उनीहरु शनिबार पक्राउ परेका थिए । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्