काठमाडौं ,११ भाद्र । महेन्द्रनगरमा शनिबार रातिदेखि लगाइएको कर्फ्यू केही सामान्य भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अवस्था सामान्य हुँदै गएपछि पूर्व निर्धारित कर्फ्यूको निर्णय परिवर्तन गरेको हो ।
कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले स्थिति सामान्यतर्फ उन्मुख भएका कारण कर्फ्यूको समय खुकुलो पारिएको जानकारी दिएका छन । साँझ ६ बजेदेखि मंगलबार विहान ५ बजेसम्म भने कर्फ्यू यथावत रहनेछ ।
शनिबार स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो ।
कर्फ्यू खुलेपछि बजारमा सामान्य चहलपहल देखिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले निकालेको जुलुस उग्र बन्दै गएपछि प्रहरीले शनिबारदेखि कर्फ्यू लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्