कास्की, ११ भाद्र । पोखरामा १३ वर्षीया किशोरीको शव भेटिएको तीन दिन नबित्दै फेरि एक किशोरीको शव फेवातालमा फेला परेको छ ।
पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् ।
कास्की पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मिता लामिछाने मृत भेटिएकी हुन् । उनी आइतबार राति १२ बजेतिर फेवातालमा हामफालेको बताइएको छ । वेपत्ता भएकी उनको झोला र मोबाइल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्