काठमाडौं ,११ भाद्र । कञ्चनपरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना पूरा भएको छ। प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठिरहेको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई जिम्मेवारीबाट मुक्त गराएर गृह मन्त्रालयले निलम्बन गरेको छ। डिएसपी ज्ञानबहादुर सेठी, अनुसन्धान अधिकृत प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी हेडक्वार्टर फिर्ता बोलाइएको छ।
घटना भएको २४ दिनपछि प्रहरीले निर्मलाको हत्यामा संलग्न एक अभियुक्तलाई सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धानमाथि नै स्थानीयले शङ्का व्यक्त गरेका छन्। निर्मलाको हत्या अभियोगमा प्रहरीले ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो।
प्रहरीले गलत व्यक्तिलाई अभियुक्त बनाएको भन्दै महेन्द्रनगरमा स्थानीयको चर्को विरोधपछि सरकारले सह९सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन टोली बनाएर कञ्चनपुर पठाएको छ।
समितिको प्रारम्भिक अनुसन्धानमा एसपी विष्टको नेतृत्वमा रहेको अनुसन्धान टोलीको अनुसन्धानमा लापरबाही भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
प्रहरीको अनुसन्धानमा केही त्रुटि भएको र बाँकी अनुसन्धान आफै गर्ने सहसचिव मैनालीले बताए ।
निर्मला बलात्कार प्रकरणको सुरुवातमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका डिएसपी अङ्गुर जिसीको नेतृत्वमा अनुसन्धान भएको थियो। व्यूरोको टोली साउन १४ गते कञ्चनपुर पुगेको थियो।
प्रहरीले हत्याको अभियोगमा सार्वजनिक गरिएका दिलीपसिंह विष्ट निर्दोष हुन्रु प्रहरीले किन उनलाई अभियुक्त बनायो र प्रहरीले अनुसन्धानमा किन लापरबाही गर्यो। यदि विष्ट निर्दोष ठहर भएमा अनुसन्धान अधिकारीमाथि के हुन्छ कारबाही केही महिना निलम्बन र फिर्ता बोलाएर मात्र सजाय मिनाहा होला र ?
प्रतिक्रिया दिनुहोस्