
काठमाडौं,१० भाद्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन ।
मंगलादेवी सिंहको २२ औं स्मृति दिवसको अवसरमा आइतबार बिहान काठमाडौंको शोभा भगवतीमा नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सरकार सबै क्षेत्रमा असफल भएको बताएका हुन ।
पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरेका छन ।
आइतबार बिहान काठमाडौंको शोभा भगवतीमा कार्यक्रममा भएको हो । वर्तमान सरकारले जनताको भलाइमा होइन, अहितमा धेरै गतिविधि गरिरहेको नेता सिंहले आरोप लगाए ।
‘दुई तिहाइ बल भएको सरकारले उल्लेख्य, क्रान्तिकारी र जनतालाई छुने खालको कार्यक्रम ल्याउन नसकेन,’ उनले बताए । उनले भने, सरकार कुनै क्षेत्रमा पनि सफल हुन सकेको छैन । दुई तिहाइको सरकार आएदेखि बढेको मूल्य हेर्दा पनि जनतालाई मार परेको छ ।’
बलात्कार र हत्याका घटनाहरु नरोकिएको, शान्ति सुरक्षा दिन नसकेको, मूल्यवृद्धि रोक्न नसकेको र विकासका कुरामात्र गरेको तर काम नगरेकोलाई उनले सरकारको असफलताको रुपमा व्याख्या गरे ।
कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले नै राजनीतिक रंग दिन खाजेको र अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप उनले लगाए ।
पूर्वमन्त्री समेत रहेका नेता सिंहले भने, ‘कञ्चनपुरमा बलात्कार गरेर हत्या गरेको घटनालाई ट्वीस्ट गरेर, राजनीतिक रंग दिन खोजेर, अपराधिलाई छुटाउने प्रयास सरकारले गर्यो ।’
विकास निर्माणका ठूल्ठूला नारा दिने सरकारले सडकका साना खाल्डासमेत पुर्न नसेकेको भन्दै उनले आलोचना गरेका छन ।



















प्रतिक्रिया दिनुहोस्