काठमाडौं, ९ भाद्र । कञ्चनपुर घटनाको उचित व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरिने भएको छ । गृहमन्त्री, गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले कञ्चनपुर घटनाको छानबिन नसकिएसम्म एसपी विष्टलाई निलम्बन गर्न नेपाल प्रहरीलाई पत्र पठाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
यस्तै प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्ठी र निर्मला पन्तको मुद्दा हेरेका प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय बोलाउन पनि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्