ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वपक्षीय बैठकद्वारा सहमति :निर्मला पन्त हत्या विरोध आन्दोलन बन्द गरौँ


bhawani desk

भीमदत्तनगर, ९ भाद्र । कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध-आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो ।

बैठकले तत्कालन विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

सर्वपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्तनगरपालिका–१८ का किशोर सनी खुनालाई शहीद घोषणा गर्न र मृतक खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिन सङ्घीय, प्रदेश नं ७ र स्थानीय नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले निर्मला हत्याकाण्डपछि भएका आन्दोलनका क्रममा घाइते भएकाको उपचार र शारीरिकरुपमा अशक्त भई कठिनाइ भएकाको जीविकोपार्जनका लागिसमेत सरकारसँग माग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्ति तोडफोडका साथै आगजनी, क्षति र भीड नियन्त्रणका क्रममा भएको बल प्रयोग विषयमासमेत छानबिन गरी दोषीलाई कारवाहीका माग गर्न गृहमन्त्रालयलाई आग्रह गरिएको छ ।

सर्वपक्षीय बैठकमा बोल्दै उच्चस्तरीय छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले कञ्चनपुर आएपश्चात् घटनाका विषयमा जनमत बुझिसकेको बताउँदै निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।

“स्थिति अब हामी सबै मिलेर सामान्यकरण गर्दै लैजानुपर्छ ।” संयोजक मैनालीले भन्नुभयो, “विगतको अनुसन्धानका कमीकमजोरी औँल्याएरसमेत अगाडि बढ्दै छौँ ।” बैठकमा बोल्ने अधिकांश वक्ता निर्मला हत्याकाण्डको अनुसन्धानमा शुरुवातदेखि नै कञ्चनपुर प्रहरीको गम्भीर लापर्बाही देखिएको भन्दै शून्यबाट पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।

अधिवक्ता एवं नागरिक समाज कञ्चनपुरका सहसंयोजक पुनमसिंह चन्दले प्रहरीले अनुसन्धान प्रक्रियामा गरेको लापर्बाहीका कारण अहिलेको अवस्था सिर्जना भएको बताउँदै निर्मला गृहकार्यका लागि गएको साथीको घरबाट अनुसंन्धान शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय प्रशासनलाई आन्दोलनरत पक्षको जनभावना थाहा हुँदाहुँदै पनि अनुसन्धानमा बचाऊ गर्दै मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई नाटकीय शैलीमा सार्वजनिक गरियो,” उहाँले भन्नुभयो, “अब निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाउन सबै लागौँ ।”

नागरिक समाज कञ्चनपुरका पूर्वअध्यक्ष नरबहादुर साउँदले शुक्रबार प्रहरीबाट भएको गोली प्रहारप्रति आपत्ति जनाउँदै निर्मला काण्डमा प्रहरीबाट दमन र हत्यारा बचाउको प्रयास भएको धारणा व्यक्त गर्नुभयो ।

“हामीले स्थिति बिगँ्रदै छ, समयमै ध्यान दिउँ भनेर प्रहरी उपरीक्षक डिल्लाराज विष्टलाई पटक÷पटक भन्यौँ,” साउँदले भन्नुभयो, “तर प्रहरी उपरीक्षकले हाम्रो डेलिगेशनलाई गम्भीरताका साथ कहिल्यै लिनुभएन ।” बैठकमा राजनीतिक दलहरुबाट पनि बिग्रेको भीमदत्तनगर र आसपासको वातावरण संयमित बनाउन पहल हुनुपर्नेमा जोड दिएको थियो ।

छानबिन समितिलाई तोकिएको मितिसम्म छानबिन सहजरुपमा गर्न दिन वातावरण मिलाउन पहल तीव्ररुपमा भइरहेको बताउँदै निर्मला हत्याकाण्ड दबाब सङ्घर्ष समितिका संयोजक हेलन श्रेष्ठले छानबिन समितिलाई दबाबमा नपरी अनुसन्धान गरेर दोषी पत्ता लगाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्वीनाकाबाट चार करोड ६० लाख रुपैयाँको खरबुजा भित्रियो

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)

अमेरिकी राजदूत थम्प्सन मुस्ताङमा

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com