काठमाडौं,९ भाद्र । संस्कृति पर्यटन तथा नागरिकले सामाजिक न्याय र समानता सहितको समृद्ध नेपाल निर्माणको बाटोमा सरकार अघि बढिरहेको बताउनुभएको छ ।
देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठान नेपालले शनिबार काठमाडौमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री अधिकारीले सामाजिक न्याय र समानता विनाको समृद्ध नेपाल अपुरो हुने धारणा पनि राख्नुभयो ।
मन्त्री अधिकारीले समाजमा सामाजिक न्याय र समानता भएमात्र सुखी नेपाली समृद्धि नेपालको नारा साकार हुने उहाको भनाई छ । उहाले आजको नया अवस्थाको आर्थिक विकासको समृद्धिलाई हेर्ने हो भने नया प्रविधीलाई पनि आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
मन्त्री अधिकारीले राजनीतिक आन्दोलन शिखरमा पुगेका बेला सास्कृतिक आन्दोलन भने अघि बढ्न नसकेको जिकिर गर्नुभयो । सास्कृतिक आन्दोलनलाई अघि बढाउन नसकिने राजनीतिक आन्दोलनको उपलव्धी दिगो हुन नसक्ने उहाले बताउनुभयो ।
कार्यक्रममा देवकोटा–लु सुन प्रज्ञा पुरस्कार सम्मान अग्रज साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्