काठमाडौं,९ भाद्र । भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना आन्दोलनका विषयमा सर्वपक्षीय बैठकमा प्रहरी प्रशासनमाथि कडा सवाल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आयोजना गरेको चर्किएको आन्दोलनका विषयमा सो सवाल गरेका हुन । बैठकमा सहभागीले प्रहरीले गोली चलाएकोप्रति आक्रोश व्यक्त गरेका छन ।
शुक्रवार भएको आन्दोलनलाई नियन्त्रण र शान्त पार्ने अन्य उपाय हुँदाहुँदै प्रहरीले गोली चलाएका हुन । बैठकमा स्थानीयबासीले प्रदर्शनकारीमाथि अनावश्यक गोली प्रहार गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।
प्रहरीको गोली प्रहारबाट शुक्रवार शनि खुनाको मृत्यु भएको थियो । अन्य प्रदर्शनकारी घाइते भएका थिए । बैठकमा मृतक खुनालाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सिफारिश गर्ने, घाइतेको उपचारको व्यवस्था गर्ने, क्षतिपूर्ति दिने सहमति भएको छ ।
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबारे पनि अनुसन्धान क्षतिपूर्ति दिने सहमति भएको छ ।छानबिन समिति र प्रहरीले नयाँ तरिकाबाट अनुसन्धान गर्ने भएको छ ।
१ महिनासम्म घटनाको वास्तविक छानबिन हुन नसक्नु र ढिलाइ हुनुका पछाडिको कारण खोज्दै प्रहरी अधिकारीमाथि पनि कारवाही गर्ने विषयमा बैठकमा छलफल भएको छ ।
प्रशासनले शुक्रवार साँझदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ । बैठकमा कर्फ्यू हटाउने विषयमा कुराकानी नभएकाले कर्फ्यूले निरन्तरता पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्