
काठमाडौं,८ भाद्र । नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले शुक्रबारबाट विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।
समितिका संयोजक एवम् पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रिय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।
भदौं अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी काँग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।
काँग्रेस केन्द्रिय कार्य समितिको आजै बस्ने बैठकले महासमिति बैठकको मिति तय गर्ने बताइएको छ । मुलुक संघीयतामा गएपनि काँग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको थिएन । प्रवक्ता शर्माले समितिले ढिला नगरी विधान संशोधन मस्यौदा निर्माणको काम सम्पन्न गर्ने पनि स्पष्ट पार्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्