काठमाडौं,८ भाद्र । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या आरोपीमा प्रहरीले ‘नक्कली’ अभियुक्तलाई सार्वजनिक गरेर वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीयावासीले विरोध प्रदर्शन गरेपछि सरकारले गठन गरेको छानबिन समिति शुक्रवार बिहान महेन्द्रनगर पुगेको छ।
सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बिहीबार गठन गरिएको पाँच सदस्यीय छानबिन समिति शुक्रवार बिहान काठमाडौंबाट बुद्ध एयरको विमानमा धनगढी हुँदै महेन्द्रनगर पुगेको हो।
सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार गर्न १५ दिनको म्याद दिइएको समितिले आजैदेखि छानबिन थाल्ने संयोजक मैनालीले बताए।
उक्त समितिमा तीनै सुरक्षा निकायका एआइजीहरु, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक जना प्रतिनिधि छन्।
प्रतिक्रिया दिनुहोस्