काठमाडौं,८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका नेता कार्यकर्ताको श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।
बिहिबार उनले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेशपछि पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
विप्लवले भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई वेपत्ता बनाइएको दाबी गरेका छन । उनले पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पनि पक्राउ परेको विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्