ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कार्यालयमा रकेट आक्रमण


एबीसी न्यूज

काबुल, अफगानिस्तान,  ६ भाद्र । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेका सरकारी कार्यालयमाथि लक्षित गरी रकेट आक्रमण भएका छन् ।

अफगानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दनेशका अनुसार मङ्गलबार लडाकूको एक समूहले काबुलमा रहेको एउटा भवनमा प्रवेश गरी सरकारी भवनमा आक्रमण शुरु गरेपछि सुरक्षाकर्मीले गरेको प्रत्याक्रमणमा दुई जना विद्रोहीको मृत्यु भएको छ ।

आक्रमणकारीले एक भवनलाई कब्जामा लिई सरकारी भवनमा रकेटमार्फत आक्रमण शुरु गरेका तर पछि सुरक्षाकर्मीले उनीहरूविरुद्ध प्रत्याक्रमण गर्दा सबैजनाको मृत्यु भएको उहाँले सञ्चारकर्मीसँग बताउनुभयो ।

उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

स्थानीय टोलो न्यूजले प्रत्यक्षदर्शीलाई उद्धृत गरी विद्रोही लडाकूले २२ वटा रकेटले आक्रमण गरेको आफूले थाहा पाएको बताएका जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका जनाइएको छ ।

यस पहिले काबुलका प्रहरी प्रवक्ता हस्मत स्तानिकजाईले लडाकूले पोलिस डिस्ट्रिक १० तथा पोलिस डिस्ट्रिक २ मा तीन रकेट हानेको पुष्टी गर्दै आक्रमणबाट कोही पनि प्रभावित नभएको जनाउनुभएको थियो ।

अफगानिस्तानका राष्ट्रपतिले मुसलमानहरूको ठूलो पर्व इदुल आदाको पावन अवसरमा स्थायी शान्तिका लागि सशर्त तीन महिना युद्धविरामको घोषणा गरेको २४ घण्टा वित्न नपाउँदै राजधानी काबुलमा आक्रमण भएको छ । तालिवान समूहले सरकारी आग्रहलाई नमान्ने र सङ्घर्ष जारी राख्ने जनाएको थियो ।

यद्यपि मङ्लबारको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com