ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तटबन्धनको विशेष कार्यक्रम ल्याउन सांसदको आग्रह


bhawani desk

काठमाडौं,५ भाद्र । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले तराई-मधेशको नदी कटान रोक्नका लागि तटबन्धनको विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

उहाँहरुले स्थानीय तहका कर व्यवस्थित गर्न संविधानको प्रावधानअनुसार प्राकृतिक स्रोत साधन बाँडफाँटसम्बन्धी आयोग तत्काल गठन गर्न, तराई–मधेशका सबै जनतालाई शुद्ध खानेपानीको प्रबन्ध मिलाउन र काठमाडौँ उपत्यकाका सडकलाई उच्चस्तरीय समिति बनाई निर्माणक कार्य अगाडि बढाउन सुझाव दिनुभयो ।

उहाँहरुले पोखरा विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नयनमा ध्यान दिनसमेत आग्रह गर्नुभयो । उहाँहरुले कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको थप हत्यारालाई खोजी गर्न, सुर्खेत अस्पतालको जेनेटरमा आगलागी भएकाले अर्काे जेनेटरको व्यवस्था गर्न, धानबालीमा मल हाल्ने समयमा मलखादको अभाव हुन नदिन, नुवाकोटको त्रिशूली जिल्ला अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक पठाउन र लाभकर नबढाउन ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा बोल्नेमा नारायणप्रसाद खतिवडा, तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवप्रसाद तिमल्सिना, देवेन्द्र पौडेल, धर्मशिला चापागाईँ, दिलेन्द्रप्रसाद बडू, नवीना लामा, नरबहादुर धामी, नरबहादुर रावत, नवराज सिलवाल, पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, पार्वतीकुमारी बिसंखे, पुष्पा भुुसाल, पूर्णाकुमारी सुवेदी र बालकृष्ण खाँण हुनुहुन्थ्यो ।
तातोपानी नाकामा अवरोध किन

बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोजस्ता प्राकृतिक विपद्का घटना वृद्धि भएको तर्फ ध्यानाकर्षण गराउँदै विपद् न्यूनीकरणका कार्यक्रम सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “नेपाल चीन सीमामा अवस्थित तातोपानी नाका सञ्चालनमा ल्याउन के कारणले अवरोध ग¥यो ?”

सांसद गगनकुमार थापाले संविधानको प्रावधानअनुसार प्राकृतिक स्रोत साधन बाँडफाँटसम्बन्धी आयोग गठन गर्न ढिलाइ गर्नुहुन्न भन्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता सफल भएमा मात्र प्रधानमन्त्री सफल हुनुहुनेछ ।”

सांसद लक्ष्मणलाल कर्णले पर्सास्थित वीरगञ्ज चिनी कारखाना कहिलेदेखि पुनःसञ्चालन हुन्छ भन्ने प्रश्न गर्नुभयो । सांसद जनार्दन शर्माले वर्षात्का कारण गएको बाढीपहिराले जाजरकोट, सल्यान र रुकुममा जनधनको क्षति भएको तर्फ ध्यानाकर्षण गराउँदै त्यहाँ तत्काल थप राहत पु¥याउन माग गर्नुभयो ।

सांसद विनोदकुमार चौधरीले कर करदाताले धान्नसक्ने हुनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोषमा रहेको रु २२ अर्बलाई उपयोग ल्याउनुपर्छ भन्नुभयो । सांसद खगराज अधिकारीले स्थानीय तहले निर्धारण गरेका करका विषयमा प्रधानमन्त्रीलाई जोड्नुहुँदैन भन्नुभयो ।

सांसद बहादुरसिंह लामाले विभिन्न विषयमा सदनमा राखिएका विषयलाई सरकारले पूरा गर्न ध्यान नदिएको आरोप लगाउँदै मूल्यवृद्धि हुन नदिन के कार्यक्रम छ भन्ने प्रश्न गर्नुभयो । सांसद अतहरकमाल मुसलमानले इस्लाम धर्मको पर्वमा सार्वजानिक बिदा दिन माग गर्नुभयो । सांसद महेश बस्नेतले स्थानीय तहले निर्धारण गरेका करका विषयमा अनावश्यक टिप्पणी गरिनुहुन्न भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com