काठमाडौं, ४ भदौ । पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्वराजदूत झा को काठमाडौंको बबरमहलस्थित निजी निवासमा हत्या भएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको निवासमा कार्यरत् कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको छ । उहिरुलाई सोधपुछको लागि लगिएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार तामाङ ७ वर्षदेखि काम गर्दै आएको र अन्य दुई जना माली भने हप्तामा दुई÷तीन दिन सरसफाइका लागि आउने गरेका थिए ।
झाको घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्