काठमाडौं, २ भाद्र । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गर्नुभएको छ ।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा मन्त्री ढकालले कायम मुकायम प्रधानन्यायाधीश जोशी नभएर मिश्र नै रहेको भन्दै शुक्रबार सिंहदरबारमा आयोजना गरिएको कार्यक्रममा सरकारले मिश्रलाई नै कामु प्रधानन्यायाधीशको हैसियतामा निमन्त्रण गरिएको स्पष्ट पानुृभयो ।
संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र भएको भन्दै उहाले प्रधानन्यायाधीशमा अस्विकृत व्यक्तिको नाममा कसैले प्रेस विज्ञप्ती जारी गर्दैमा उसलाई कामु प्रधानन्यायाधीश मान्न नसकिने धारणा राख्नुभयो ।
उहाले अब सर्वोच्च अदालतको प्रधानन्यायाधीश को बन्छ भन्ने कुरा संवैधानिक परिषदको बैठकमा टुँगो लाग्ने स्पष्ट पार्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि छलफलबाट परिषदको बैठक टुँगो लगाउँने उहाको भनाई छ ।
त्यस्तै उहाले संबिधानभित्रको व्यक्तिको गोपनियताको हकलाई सुनिश्चीत गर्ने प्रयोजनका लागी मुलुकी ऐनमा बिबिध बिषय समेटिएको बताउनुभयो ।
मन्त्री ढकालले कसैले विरोध गर्देमा तत्काल देवानी संहिता तत्काल संसोधन नहुने स्पष्ट पार्नुभयो । उक्त ऐन व्यवहारिक रुपमा अघि बढेपछि मात्र त्यसका बिषयलाई जनताको भावना अनुसार परिमार्जन गर्न सकिने उहाले बताउनुभयो
प्रतिक्रिया दिनुहोस्