काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका ओलीलाई कालोझण्डा देखाउन खोज्ने र विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले प्रदेशसभा भवन नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सरोज मिश्र, जानी खान, प्रशांत झा संजय यादव र कमलेश यादवलगायत रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्