काठमाडौं,२ भदौ । प्रदेश २ को व्यवस्था सामाजिक राज्यमन्त्री सुरेश मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको भन्दै विरोध गरेका हुन ।
उनले प्रधानमन्त्री सम्माननीय नै केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताए । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयासभएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत भने छन्, संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता विरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’
मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न ओलीसंग उनले अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्