
काठमाडौं, १ भदौ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेको छ ।
व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो ।
प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतवार दायर गरेका थिए । प्रकाण्डलाई सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको हो।



















प्रतिक्रिया दिनुहोस्