
काठमाडौं,१ भदौ । आर आर क्याम्पसबाट सबै विद्यार्थी संगठनका बोर्ड हटाइएको छ । स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा क्याम्पसभित्रका सबै बोर्ड हटाइएको हो ।
क्याम्पस भनेको पढ्ने र ज्ञान लिने थलो हो, यहाँ विद्यार्थी संगठनका बोर्डले अलिक फोहोर पनि देखिएको थियो त्यसैले सबै संगठनका बोर्ड हटाएका आर आर क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंघ शाहीले बताए ।
उनले भने ,सुधार हामी आफैँले गर्ने हो, त्यसैले सरसफाई र अनुशासनसहित हामीले आर आर क्याम्पसलाई नमूना क्याम्पस बनाउने अभियानमा छौं ।
भदौ ४ गते क्याम्पस स्थापना दिवसको अवसरमा हुने कार्यक्रमलाई लक्षित गरेर स्ववियुले महानगरपालिकाबाट गाडी मगाएरै फोहोर ब्यवस्थापन गरेको हो । अब सफाई अभियानलाई नियमित बनाउने पनि सभापति शाहीले बताए ।



















प्रतिक्रिया दिनुहोस्