
काठमाडौं,१ भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शुक्रबार बिहान भारत पुगेका छन् । विहीबार निधन भएका भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयको अन्तेष्टिमा सहभागी हुन भारत पुगेका हुन ।
वाजपेयीको ९३ वर्षको उमेरमा एम्स अस्पतालमा निधन भएको हो। ज्ञवाली परराष्ट्र मन्त्रालयका एक सहसचिवसहित भारत गएका हुन।
शुक्रबार दिउँसो वाजपेयीको अन्तेष्टि हुँदै छ। सरकारले नै परराष्ट्रमन्त्री ज्ञवालीलाई अन्तेष्टि कार्यक्रममा पठाएको हो। मन्त्री ज्ञवाली शनिबार फर्कने उनका प्रेस सल्लाहकार सुदन ज्ञवालीले बताए।
बाजपेयीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी उनले दुःख व्यक्त गरेका हुन्।



















प्रतिक्रिया दिनुहोस्