काठमाडौं,३१ साउन । स्वतन्त्र विचार समूह बनाएका हृदेयश त्रिपाठीलगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्न लागेको विषय हल्ला मात्र रहेको त्रिपाठी र बृजेश गुप्ताले दाबी गरेका छन्।
प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने भनि नेकपाको कार्यालयले जनाएको थियो ।
तर त्रिपाठी र गुप्ताले अहिले नै नेकपामा प्रवेश गर्ने हल्ला मात्र भएको बताएको छन ।पत्रकारसँग कुरा गदैँ त्रिपाठीले भने, कुनै विषयको टुङ्गो नै लागेको छैन । कसरी पार्टी प्रवेश हुन्छ ?
नेकपा र स्वतन्त्र विचार समूहबीच एकीकरणका विषयमा छलफल भएको हो। तर पछिल्लो एक सातादेखि कुनै छलफल अगाडि बढेको छैन ।
राजपा गठनपछि वरीयताक्रमबारे असन्तुष्टि जनाएका त्रिपाठीले विचार समूह गठन गरेका थिए। उनीसँगै राजपाका महामन्त्री बृजेश गुप्तालगायतका नेताहरु बाहिरिएका थिए।
उनको समूहबाट उनीसहित दुई जना प्रतिनिधिसभा सदस्य र केही प्रदेश सभा सदस्यले चुनाव जितेका छन्।
बृजेश गुप्ताले भने,नेकपामा प्रवेश गर्न लागेको बारे मलाई केही थाहा छैन। मिडियामा हल्ला मात्र आएको हो।’
प्रतिक्रिया दिनुहोस्