काठमाडौं,३१ साउन । पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दोस्रो पटक सुशील ज्ञवालीले पदभार ग्रहणगरेका छन्।
मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको थियो। उनी करिब डेढ वर्षअघि बर्खास्तीमा परेका थिए। आज प्राधिकरणका कर्मचारीले उनलाई कार्यालयमा स्वागत गरेका छन।
ज्ञवाली १० पुस २०७२ सालमा प्राधिकरणको सिइओ नियुक्त भएका थिए । २०७३ पुस २७ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हटाएको थियो । उनी प्राधिकरणको पाँचौं सिइओ बनेका छन्। आफू बर्खास्तीमा परेपछि अदालत गएका उनको मुद्दा अझै विचाराधीन रहेको छ।
प्रतिक्रिया दिनुहोस्