काठमाडौं ,३० साउन । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् ।
आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् ।
उनले यसका लागि कतारसँग नयाँ सम्झौता गर्ने तयारी भइरहेको बताएका छन । अहिले पनि कतारमा जाने श्रमिकका लागि प्रिm भिसा र टिकेटको प्रावधान लागू छ । तर, कार्यान्वयन नभएको बताए ।
अब भने सरकारले विशेष व्यवस्थामार्फत नै कतारसँग श्रमिक पठाउने प्रवन्ध गर्न लागेको हो ।‘कतार जाने श्रमिकका लागि विशेष व्यवस्था गर्न हाम्रो प्रयत्न जारी छ । केही समयभित्रै मजदुरले एक रुपैयाँ पनि नतिरी सजिलो प्रक्रियामार्फत कतार जाने व्यवस्था गर्न लागिरहेको बिष्टले बताए ।
प्रतिक्रिया दिनुहोस्